गीतकार टेक तामाङको नयाँ गीत: “जित्नेहरूको पनि हजार–हजार हार हुन्छ” सार्वजनिक

नेपाल प्रहरीका पूर्व एआईजी तथा बरिष्ठ गीतकार टेक तामाङले नयाँ गीत “जित्नेहरूको पनि हजार–हजार हार हुन्छ” सार्वजनिक गरेका छन्। जापान भ्रमणमा रहेका तामाङले आफ्नो “Tek Tamang Official” युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो रिलिज गरेका हुन्।

सत्यराज आचार्यको स्वर, राजकुमार बगरको संगीत र सञ्जिव बराइलीको एरेञ्ज रहेको यो गीतले जीवनका उतारचढाव र सकारात्मक सोचको सन्देश दिन्छ — “जित्नेहरू पनि कहिलेकाहीँ हार्छन्” भन्ने जीवनदर्शनसहित।

भिडियोमा अभिनेता सरोज खनालU-20 राष्ट्रिय महिला फुटबल टिम का खेलाडीहरूको अभिनय छ। निर्देशन निकेश खड्काले गरेका हुन्।

यसअघि, ‘गीतकार टेक तामाङ सांगीतिक साँझ २०८२’ कार्यक्रम नेपाली संगीत इतिहासमै महत्वपूर्ण मानिएको थियो। तामाङका “तिमीलाई माया गर्छु”, “आमा”, “जीवनसाथी”, “मै खुकुरी अघिसरी” लगायत १००० भन्दा बढी गीतहरू रेकर्ड भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0