जापानमा विदेशी बासिन्दाको सङ्ख्या करिब ४० लाख

जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूको संख्या अहिलेसम्मकै उच्च ३९ लाख ५६ हजार पुगेको छ। श्रमिक अभावका कारण पछिल्ला वर्षहरूमा विदेशी कामदारको आगमन बढेको हो।

सन् २०२४ को अन्त्यको तुलनामा यो संख्या ५% (१ लाख ८७ हजार) ले वृद्धि भएको अध्यागमन सेवा एजेन्सीले जनाएको छ। अहिले विदेशीहरूले जापानको कुल जनसंख्याको ३.२१% हिस्सा ओगटेका छन्।

स्थायी बासिन्दा ९ लाख ३२ हजार पुगेका छन् भने इन्जिनियर, मानविकी तथा अन्तर्राष्ट्रिय सेवामा आवद्ध श्रमिकको संख्या ९.४% बढेर ४ लाख ५८ हजार पुगेको छ।

यदि यो वृद्धि दर यथावत् रह्यो भने, सन् २०२५ को अन्त्यसम्म विदेशी बासिन्दाको संख्या ४१ लाख ५० हजार पुग्ने अनुमान छ।

त्यसैगरी, सन् २०२५ को पहिलो छ महिनामा जापान प्रवेश गर्ने विदेशी आगन्तुक २ करोड १३ लाख पुगेका छन्, जुन अघिल्लो वर्षको तुलनामा २१% बढी हो। यो वर्षभरिमा विदेशी आगन्तुकको संख्या ४ करोड ५० लाख पुग्न सक्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0